सर्वोच्च अदालतमा भदौ २९ देखि नियमित सुनुवाइ हुने

केन्द्रभाग मिडिया

काठमाडौं।

सर्वोच्च अदालतले भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरण निवेदनमा नियमित सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बन्दीको निवेदनमाथि सुनुवाइ गर्ने निर्णय गरेको हो ।

प्रदर्शनकारीको आगजनीका कारण भदौ २४ गतेदेखि सर्वोच्च अदालतसहित देशभर सुनुवाइ ठप्प भएको थियो ।

सर्वोच्चमा भएको आगजनीबाट न्यायिक इतिहासका महत्त्वपूर्ण दस्ताबेजहरू नष्ट भएको भए पनि संविधानले दिएको जिम्मेवारी पूरा गर्न अदालत प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

  • २६ भाद्र २०८२, बिहीबार १७:०५ प्रकाशित