काठमान्डौं ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा परेर घाइते भएकी नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको मृत्यु भएको भनी फैलिएको खबर पूर्णतः असत्य भएको पुष्टि भएको छ ।
पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले सामाजिक सञ्जालमार्फत रविलक्ष्मीको निधनसम्बन्धी हल्ला निराधार भएको स्पष्ट पारेका छन् । उनका अनुसार हाल रविलक्ष्मीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ र चिकित्सकहरूले उनलाई खतरामुक्त भनेका छन् ।
हिजोको हिंसात्मक प्रदर्शनका क्रममा डल्लुस्थित खनाल निवासमा आन्दोलनकारीले आगजनी गर्दा रविलक्ष्मी घरमै थिइन् । झलनाथ खनाल त्यस समय घरबाहिर थिए । आगलागीका बेला समयमै घरबाट ननिस्कन नपाउँदा उनी जलेर घाइते भएकी थिइन् ।
नेता श्रेष्ठका अनुसार उनी बोल्न सक्ने अवस्थामा छिन् ।नेता झलनाथ खनाल हाल अस्पतालमै श्रीमतीको स्याहारमा संलग्न छन्। उनी सकुशल रहेको पनि पुष्टि गरिएको छ।
यसअघि प्रकाशन हुन गएको समाचारप्रति क्षमायाचना गर्दर्छौ ।















