कारागारबाट भागेका कैदीमध्ये टोपबहादुर रायमाझीले कारागार फर्किन्छु भनेपनि सुन तस्करीमा अभियुक्त चुडामणी उप्रति ‘गोरे’ फरार भएका छन् ।
मंगलबार राति हुलहुज्जत गरेर कारगारबाट भागेका भूटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीले कारागार फर्कने भनेका छन् । सुरक्षा निकायलाई फोन गरेर आफू कारागार आउने बताएका छन् । तर सुन तस्कर गोरे भने अहिलेसम्म फरार छन् ।
यसैगरी गौर कारागारबाट भागेका ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार पठाएको छ ।
कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए । भागेका मध्ये ३५ जनालाई सुरक्षाकर्मीले रौतहटका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर फर्काएको छ ।















