पोखरा ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता आवश्यक रहेको बताएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– ‘विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प हो । ‘
राष्ट्रपति रामचन्द्र पौडेलले अघि बढाएको संवाद पहल स्वागतयोग्य रहेको भन्दै उनले यो पहललाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चार जगतलगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य रहेको बताए ।
युवापुस्ताको आकांक्षा र भावनालाई समेटदै, संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई, वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्न जरुरी रहेको उनले बताए ।














