जनमत पार्टीका अध्यक्ष राउतको आग्रह,‘संसद विघटन नगर्नुहोस्’

केन्द्रभाग मिडिया

काठमाडौं ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले जेनजी प्रतिनिधिलाई संसद् विघटनको निर्णय नगर्न अनुरोध गरेका छन् । सातबुँदे प्रस्ताव प्रस्तुत गर्दै उनले वार्तामा रहेका जेनजी प्रतिनिधिलाई यस्तो अनुरोध गरेका हुन् । जेनजीलाई सम्बोधन गर्दै राउतले बिहीबार बिहान वक्तव्य जारी गरी अर्को निर्वाचन नभएसम्म वैध निर्णय गर्न सक्ने संसद्‌लाई भंग नगर्न आग्रह गरे ।

उनले विज्ञप्तिमा ‘देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुगी देश नै नरहने कि भन्ने चिन्ता हामीलाई लागेको छ । राज्यका महत्त्वपूर्ण सबै अंगहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक९एक मत हालेर निर्वाचित गरेको जनप्रतिनिधिको थलो संसद् पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उभ्याएर देश अरूकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका छौं’, उल्लेख गरेका छन् ।

चेतावनी दिँदै उनले अगाडि लेखेका छन्, ‘यदि तपाईंहरूले कसैको उक्साहटमा संविधान र संसद्‌लाई भंग गर्नुभयो भने अर्को १० वर्ष तपाईंहरूलाई संविधान बनाउनका लागि नै अल्झाइराख्छन्, काम गर्ने वातावरण नै बन्दैनन् । त्यो प्यानडोराज बक्स हो । त्यसैले अहिले अन्तरिम सरकार बनाएर वर्तमान संसद्‌लाई नै कायम रहन दिई (भलै हामी त्यहाँबाट राजीनामा दिइसकेका छौँ, तैपनि भनिराखेका छौं ।’ निर्वाचन गराउनेतिर लाग्नु पर्दछ । ६ महिनाभित्र निर्वाचन गराउन सकियो भने त नयाँ प्रतिनिधिसभा पाइहाल्नु हुन्छ, त्यसैले अहिले रिक्तता सिर्जना नगरौं ।’

  • २६ भाद्र २०८२, बिहीबार १२:०० प्रकाशित