चुनावी सरकारको नेतृत्व गर्न तयार छु : पूर्वप्रधानन्यायाधीश कार्की

केन्द्रभाग मिडिया

काठमाडौंं ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएकी छन् ।

भारतीय मिडिया न्युज- १८ को कुराकानीमा उनले यस्तो बताएकी हुन् । जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको उनको भनाई छ ।

‘उनीहरूले मलाई भने । मलाई विश्वास गरे । म छोटो समय सरकार चलाउन सक्छु । चुनाव गराउँछु । मैले स्वीकार गरेँ,’ उनले भनिन् ।

साथै कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाप्रति श्रद्धाञ्जली दिँदै उनीहरुका अभिभावकको मागलाई सम्बोधन गर्ने पनि बताइन् ।

  • २५ भाद्र २०८२, बुधबार १९:५७ प्रकाशित