भरतपुर कारागारबाट पनि बाहिरिए कैदीबन्दी

केन्द्रभाग मिडिया

काठमाडौं ।
भरतपुर कारागारका कैदीबन्दी पनि बाहिर बाहिरिएका छन् । प्रदर्शनकारीहरुले भरतपुर कारागारमा रहेका कैदी, बन्दीहरुलाई भगाएका हुन् ।

बुधबार विहान कारागार पुगेका प्रदर्शनकारीले तोडफोड गर्दै कैदीहरुलाई भगाए । कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो ।

आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए । भरतपुर कारागारमा ७ सय बढी कैदी, बन्दी थिए ।

प्रदर्शनकारीहरुले आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए ।

  • २५ भाद्र २०८२, बुधबार ०९:२१ प्रकाशित