पोखरा ।
जेनजी प्रदर्शनकारीको सहयोगमा कास्की कारागारका कैदीबन्दी कारागार तोडेर भागेका छन् । साँझ परेपछि जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेर भागेको प्रहरी स्रोतले जनाएको छ ।
जेनजी आन्दोलनकर्मी कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत गरेर भगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
‘आन्दोलनकर्मीहरु भित्र छिरेर तोडभोड गरे र भित्रबाट कैदीबन्दी पनि उत्रिएपछि कारागार तोडेर भागेका हुन्’ जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो।
कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी थिए ।















