कांग्रेस सभापति देउवा र श्रीमती आरजु माथि आक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका श्रीमती आरजु राणा देउवा माथि आक्रमण भएको छ । बूढानीकण्ठस्थित निवासमा प्रदर्शनकारीहरू प्रवेश गरी देउवा दम्पतीमाथि आक्रमण गरेका हुन् ।

उनीहरूमाथि आक्रमण भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । भिडिओमा देखिएअनुसार देउवा रक्ताम्य छन् । आरजुमाथि लछारपछार भएको देखिएको छ।

पूर्वप्रधानमन्त्री देउवाले आफूलाई अस्पताल नभई प्रहरीको जिम्मा लगाउन आग्रह गरेका छन् । तर भिडिओमा देउवामाथि एक युवाले तथानाम गाली गरेको पनि सुनिएको छ।

  • २४ भाद्र २०८२, मंगलवार १५:५३ प्रकाशित