तीनकुनेको प्रहरी वृत्तमा आगजनी, प्रदर्शनकारीले लुटे हतियार, थुनुवा निस्किए

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

जेनजी प्रदर्शनकारीहरूले प्रहरीको तीनकुने स्थित प्रहरी वृत्तमा आगजनी गरेका छन् । डीएसपीले नेतृत्व गर्ने कार्यालयमा आगजनी गरेर प्रदर्शनकारीहरूले हतियार लुटेका छन् ।

एउटा राइफल प्रदर्शनकारीहरूले लगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिएका छन्।

वृत्तमा राखिएका थुनुवाहरू हिरासतबाट निस्किएका छन् । प्रदर्शनकारीहरूले प्रहरी प्रभाग कोटेश्वर र कोटेश्वरको ट्राफिक प्रहरी कार्यालयमा पनि आगजनी गरेका छन् ।

  • २४ भाद्र २०८२, मंगलवार १४:५५ प्रकाशित