काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
जेनजी पुस्ताले गरेको प्रर्दशनमा ठूलो मानवीय र भौतिक क्षति भएपछि आज साँझ सम्बोधन गरेर राजिनामा दिने तयारी गरेका ओलीले केही बेर अगाडि राजिनामा दिएका हुन् ।
२ दिनको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गइसकेको छ । धेरै नेताहरूका घर तथा सम्पत्ति नष्ट भइसकेको छ ।
संसद भवनदेखि सिंहदरबारसम्म प्रदर्शनकारी प्रवेश गरिसकेका छन् । भैंसेपाटीको मन्त्री निवासबाट मन्त्रीहरूलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थान सारिएको छ ।
देशका विभिन्न सहरमा रहेका स्थानीय तह र सरकारी निकायका भवनहरुमा आगजनी भएका छन् ।















