पोखराको महेन्द्रपुलमा रहेको नेपाल टेलिकमको कार्यालयमा प्रर्दशनकारीले आगजनी गरेका छन् ।
जेन्जी पुस्ताले हिजो गरेको प्रर्दशनमा सरकारले १९ जेन्जीको ज्यान लिने गरि गरेको दमनको विरोध गर्दै आज पोखरा, काठमाडौं सहित देशका मुख्य शहरमा कफ्र्यु तोड्दै आन्दोलन गरेका छन् ।
सोही आक्रोशित आन्दोलनकारीले टेलिकममा पनि आगजनी गरेका हुन् । यसअघि प्रर्दशनकारीले पोखरा महानगरपालिका कार्यालयमा आगजनी गरेको थियो भने प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । सो क्रममा एक प्रर्दशनकारी घाईते भएका छन् ।
प्रर्दशनकारीले बिहानैदेखि स्वतस्फुर्त रुपमा प्रर्दशन गरिरहेका छन् ।














