अपडेटः प्रचण्ड निवासमा आगजनी

केन्द्रभाग मिडिया

काठमाडौं। ललितपुरको खुमलटारस्थित नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले  बताए ।

जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।

  • २४ भाद्र २०८२, मंगलवार १३:२४ प्रकाशित