पोखरा महानगरमा प्रर्दशनकारीद्धारा आगजनी

केन्द्रभाग मिडिया

पोखरा महानगरमा प्रर्दशनकारीले आगजनी गरेका छन् ।
जेन्जी पुस्ताले हिजो गरेको प्रर्दशनमा सरकारले १९ जेन्जीको ज्यान लिने गरि गरेको दमनको विरोध गर्दै आज पोखरा, काठमाडौं सहित देशका मुख्य शहरमा कफ्र्यु तोड्दै आन्दोलन गरेका छन् ।
सोही आक्रोशित आन्दोलनकारीले पोखरा महानगरपालिकामा आगजनी गरेका हुन् । भने प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
प्रर्दशनकारीले बिहानैदेखि स्वतस्फुर्त रुपमा प्रर्दशन गरिरहेका छन् ।

  • २४ भाद्र २०८२, मंगलवार १२:५० प्रकाशित