अमेरिकी डलरको भाउ स्थिर, अधिकांश मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

अमेरिकी डलरको भाउ आज स्थिर छ । आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा छ । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो ।

विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ ।

आज युरो एकको खरिददर १६५ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९२ पैसा छ । हिजो युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २१ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ २० पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९३ रुपैयाँ १७ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८० पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३३ र बिक्रीदर ४६३ रुपैयाँ ३३ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३१ र बिक्रीदर ४६३ रुपैयाँ २७ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४२ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा थियो ।

  • २४ भाद्र २०८२, मंगलवार ०८:२१ प्रकाशित