इटहरी र रुपन्देहीमा पनि अनिश्चितकालीन कर्फ्यु जारी

केन्द्रभाग मिडिया

सुनसरी ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम यो आदेश जारी गरेका हुन्।

सोमबार दिउँसो ३स्३० बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने गरी यो कर्फ्यु आदेश जारी गरिएको छ। तोकिएको चार किल्लाभित्र कसैलाई पनि हिँडडुल गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ।

रुपन्देहीमा कर्फ्यु आदेश जारी

जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क ले दिएको अधिकार प्रयोग गरी यो कदम चालेका हुन्।

प्रशासनले जारी गरेको सूचनाअनुसार, कर्फ्युको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। यो आदेश तत्काल लागू हुनेगरी जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीय शान्ति सुरक्षा तथा सार्वजनिक हितका लागि यो आदेश जारी गर्नुपरेको बताएका छन् । पछिल्लो समयमा बढ्दो असहज परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।

  • २३ भाद्र २०८२, सोमबार १६:५२ प्रकाशित