काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाउने संख्या १७ पुगेको छ।ट्रमा सेन्टरमा मात्रै ६ जनाको ज्यान गएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको ज्यान गएको छ।
उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये ३ प्रदर्शनकारीको ज्यान गएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको ज्यान गएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको ज्यान गएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए।
अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ। मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ।














