जेन्जी आन्दोलन : मृतकको संख्या १४ पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको ज्यान गएसँगे ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ ।दिउँसो साढे ३ बजेसम्म १३ जनाको ज्यान गइ सकेको थियो ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको ज्यान गएको हो ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

  • २३ भाद्र २०८२, सोमबार १५:५८ प्रकाशित