फेसबुक चल्न थाल्यो !

केन्द्रभाग मिडिया

काठमाडौं ।

जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । कैयन प्रयोगकर्ताले फेसबुक खुल्न थालेको बताएका छन् ।

वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन् ।तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको बताएको छ ।

यस्तै इन्टरनेट सेवा प्रदायक सङ्घका अध्यक्ष सुधीर पराजुलीले पनि हालसम्म कुनै निर्देशन आइनसकेको बताए ।

  • २३ भाद्र २०८२, सोमबार १५:५२ प्रकाशित