पोखरामा पनि लाग्यो कर्फ्यु

गण्डकी मुख्यमन्त्री कार्यालय घेराउ

केन्द्रभाग मिडिया

पोखरा ।

जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेकी हुन् । बाँकी विवरण आउन बाँकी छ ।

पोखरामा जेनजी प्रदर्शनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् ।प्रर्दशनकारीले मुख्यमन्त्री कार्यालय घेराउ गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ ।

  • २३ भाद्र २०८२, सोमबार १५:०० प्रकाशित