काठमाडौं ।
बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्।
घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
‘हामी नेपाल संस्थाले माइतीघरमा शिविर राखेर घाइतेहरूको प्राथमिक उपचार गरिरहेको अभियन्ता रोनेश प्रधानले जानकारी दिए।माइतीघरमा ६र७ जना साथीहरूको उपचार भइरहेको छ,’ उनले भने,’सबैभन्दा धेरै घाइतेहरू एभरेष्ट अस्पतालमा हुनुहुन्छ। कति घाइते भए भनेर यकिन गर्न सकिएको छैन।’
बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङमा रहेका नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागेको छ।प्रहरीले चलाएको गोली लागेर नयाँ पत्रिका दैनिकका फोटो पत्रकार ढुंगाना घाइते भएका हुन्।यसअघि कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई पनि गोली लागेको थियो। उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ।














