प्रदर्शनमा उत्रिएका जेनजीले संसद् भवन घेरे

प्रहरीद्धारा अश्रुग्याँस प्रहार

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका छन् ।

माइतीघरमा भेला भएर प्रदर्शनकारीहरू सरकारविरुद्ध नाराबाजी गर्दै नयाँबानेश्वर तर्फ अघि बढेका हुन् ।

निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्याँस पनि प्रहार गरेको थियो । तर, त्यसलाई पनि छिचोल्दै उनीहरुले संसद् भवनसम्म पुगेका हुन् । उनीहरुले भवनभित्र बोतललगायत प्रहार गरिरहेका छन् ।

  • २३ भाद्र २०८२, सोमबार १२:१३ प्रकाशित