काठमाडौं ।
साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से ११.५२ अंकले घट्यो । गत बिहीबारको तुलनामा ०.४२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ८.२५ अंकमा ओर्लेर बन्द भएको हो ।
सो दिन कारोबारमा आएकामध्ये ७९ कम्पनीको सेयर मूल्य बढ्दा १७३ कम्पनीको घट्यो । यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनीको संख्या धेरै भएपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।
आइतबार ५८ हजार ८७ पटकको कारोबारबाट १ करोड ११ लाख २४ हजार ८ सय ४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।















