पोखरा ।
यात्रुबहाक बस सञ्चालन गर्ने देशकै ठूलो मध्येको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा ऐनकुमार साई निर्वाचित भएका छन् । प्रालिको सातौं साधारणसभा एवं तेस्रो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि शनिबार राति अबेर सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी विज्ञान श्रेष्ठलाई ८४ मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । साईले ६०८ मत प्राप्त गर्दा उनका प्रतिस्पिर्धी उम्मेदवार श्रेष्ठले ५२४ मत प्राप्त गरे ।
अध्यक्षमा निर्वाचित साईलाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट यातायात व्यसायीसहितको समर्थन र अध्यक्षमा पराजित श्रेष्ठलाई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यवसायी लगायतको समर्थन रहेको बताइएको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको सञ्चालक समितिमा हेमन्त मल्ल (८४०), जय प्रसाद शर्मा (७२३), मेघराज त्रिपाठी (७२३), अशोक कुमार चौधरी (६८०), कृष्णप्रसाद पौडेल (६५९), जयबहादुर गुरुङ (६२४), बाबुराम दवाडी (६१५), ज्ञान बहादुर केसी (५६६), काँशी शर्मा न्यौपाने (५३६) र लक्ष्मी पौडेल ५३४ मतसहित निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा ऐनकुमार साई निर्वाचित भएका छन् । प्रालिको सातौं साधारणसभा एवं तेस्रो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा उनले विज्ञान श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । साईले ६०८ मत प्राप्त गर्दा उनका प्रतिस्पिर्धी उम्मेदवार श्रेष्ठले ५२४ मत प्राप्त गरे ।
अध्यक्षमा निर्वाचित साईलाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट यातायात व्यसायीसहितको समर्थन र अध्यक्षमा पराजित श्रेष्ठलाई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यवसायी लगायतको समर्थन रहेको बताइएको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको सञ्चालक समितिमा हेमन्त मल्ला (८४०), जय प्रसाद शर्मा (७२३), मेघराज त्रिपाठी (७२३), अशोक कुमार चौधरी (६८०), कृष्णप्रसाद पौडेल (६५९), जयबहादुर गुरुङ (६२४), बाबुराम दवाडी (६१५), ज्ञान बहादुर केसी (५६६), काँशी शर्मा न्यौपाने (५२६) र लक्ष्मी पौडेल ५३४ मतसहित निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।















