अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो

केन्द्रभाग मिडिया

पोखरा ।
अमेरिकी डलरको भाउ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ । त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको पनि भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ७४पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा छ । हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा छ । हिजो आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ०१ र बिक्रीदर ४६२ रुपैयाँ ९७ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ २२ र बिक्रीदर ४६२ रुपैयाँ १८ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९० पैसा थियो ।

  • २१ भाद्र २०८२, शनिबार ०८:३४ प्रकाशित