पोखरा ।
पोखरामा क्रियाशील पत्रकार गोविन्द सुवेदी पृथ्वी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पृथ्वी होटल व्यवसायी समितिले आफ्नो १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनको उद्घाटन कार्यक्रमको अवसरमा सुवेदीलाई पर्यटन पत्रकारिता मार्फत पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै नगदसहित सम्मान पत्रले सम्मानित गरिएको हो ।
उनलाई नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पान संयोजक गोपी बहादुर भट्टराई, पृथ्वी होटल व्यवसायी समिति अध्यक्ष अम्बिका घिमिरे ‘अमृत’ र पूर्व अध्यक्ष बालकृष्ण न्युरे लगायतले नगद र सम्मान पत्रले सम्मान गरेका थिए । केन्द्रभाग डटकमका प्रधान सम्पादक रहेका सुवेदी विगत दुइ दशक देखि पोखरामा क्रियाशीलरुपमा कार्यरत छन् ।
नेपाल पत्रकार महासंघ गण्डकीका निवर्तमान महासचिव सुवेदी यस अगाडि आर्थिक पत्रकारिता पुरस्कार, यातायात पत्रकारिता पुरस्कार, क्रियाशील युवा पत्रकारिता पुरस्कार, पर्यटन पत्रकारिता पुरस्कार लगायत विभिन्न संघ संस्थाले प्रदान गर्ने पुरस्कार र सम्मानबाट पुरस्कृत भइसकेका छन् ।















