काठमाडौं ।
सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ गरी पाँच वटा प्लेटफर्म सूचीकरण भइसकेका छन् ।
मन्त्रालयका अनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।
बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सूचीकरण नभएका फेसबुक लगायतका सामाजिक सञ्जाल भने बन्द गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्रमशस् बन्द गरिने सूचनामार्फत जानकारी गराएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार, सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपालभरत नचल्नेगरी रोक लगाउन लागिएको हो ।त्यस्त, बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुनस् खोलिने पनि सरकारले जनाएको छ ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।
उक्त म्याद गएरातिबाट सकिएको थियो ।
सरकारले उक्त निर्णयलाई बेवास्ता गरिएपछि आज सञ्चार मन्त्रालयले पुनस् मन्त्रीस्तरीय निर्णय गर्दै नेपालभर सूचीकृत नभएका सञ्जालहरू चल्नबाट रोक लगाउने निर्णय गरेको हो ।
यी सामाजिक सञ्जाल चल्नेछन्
–टिकटक
–भाइबर
–निम्बज
–वीटक
–पोपोलाइभ
यी सञ्जाल बन्द हुनेछन्
–फेसबुक
–म्यासेन्जर
–इन्स्टाग्राम
–युट्युब
–ह्वाट्सएप
–ट्वीटर
–लिंक इड
–स्न्याप चयाट
–रेडिट
–डिस्कर्ड
–पिन्ट्रेस्ट
–सिग्नल
–थ्रेड
–वी च्याट
–कोरा
–सम्ब्लर
–क्लब हाउस
–मास्टर डन
–रम्बल
–मि वी
–मि भिके
–लाइन
–इमो
–जालो
–सोल
–हाम्रो पात्रो















