अछाममा दुई किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए

केन्द्रभाग मिडिया

अछाम ।

अछाममा दुई किशोरी मृत फेला परेका छन् । बिहीबार तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनास्थल घरबाट ४ सय मिटर टाढा छ। उनीहरू दुवै जना ६ नम्बर वडाकै हुन् । उनीहरू १७ गतेबाट सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार किशोरीहरूको उमेर १७ र १५ वर्ष रहेको छ।

घटनाबारे प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गर्ने उनले बताए ।

  • १९ भाद्र २०८२, बिहीबार १२:३७ प्रकाशित