पाेखरा यातायात प्रालिकाे ७ औं साधारणसभा सम्पन्न

केन्द्रभाग मिडिया

पाेखरा ।

पाेखरा यातायात प्रालिकाे ७ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।  विहीबार सम्पन्न साधारण सभाकाे नेपाल यातायात व्यवसायी राष्ट्रिय महसंघ गण्डकीका संयाेजक केदार पाैडेलले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले   यातायात व्यवसायीले नभई यातायात कम्पनीले व्यवसायीलाई सिन्डिकेट लगाएर भएपनि सेवा दिइरहेकाे बताए । उनले पाेखरा यातायात प्रालिले दूरदराजमा सेवा दिइरहेकाे धारणा राखे ।

पाेखरा महागरपालिका यातायात व्यवस्थापन समितिका उपाध्यक्ष एवं पाेखरा महानगर वडा नम्बर १६ का वडाध्यक्ष अमृतशर्मा तिमिल्सिनाले पाेखरालाई दुईसय देखि २५० यात्रु बहाक बस प्रयाप्त हुनेमा आठ सयभन्दा धेरै बसले सेवा दिएकाे बताए । उनले काेइकाकाे सहयाेगमा पाेखराकाे यातायात व्यवस्थापन गर्ने तयारी भइरहेकाे समेत जानकारी दिए ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष याेगेन्द्र बहादुर केसी, यातायात क्षेत्र सरकारकाे प्रथमिकता बाहिरकाे क्षेत्र रहेकाे टिप्पणी गरे । उनले व्यवसायीकाे पेशा संरक्षणा आजकाे आवश्यकता रहेकाे धारणा राखे ।

कार्यक्रममा सल्लाहकारहरू वसन्त प्रधान र बम बहादुर गुरूङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका संयाेजक कृष्ण पाैडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल र पत्रकार कमल पाैडेल अथक र  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष  देवीराज थिङ लगायतले बाेलेका थिए ।

पाेखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरूङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबन्ध निर्देशक देवीप्रसाद कुइकेलले स्वागत गरेका थिए ।

कार्यक्रममा चालक जुनबहादुर गुरूङ, सहचालक राेशन कुमार गुरूङ, निरन्तर बस सञ्चालक सूर्यबहादुर गुरूङ, उत्कृष्ट कर्मचारी अर्चना थापा, त्यसैगरी  उत्कृष्ट अंक ल्याउने बस सञ्चालकका छाेराछाेरी मध्यबाट सुमना थापा मगर र क्रिसल पाैडेलसहित विभिन्न सहयाेगदातालाई सम्मान गरिएकाे थियाे । साधारण सभा विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएकाे छ ।

 

 

  • १९ भाद्र २०८२, बिहीबार १२:२६ प्रकाशित