पत्रकार गिरीलाई यातायात पत्रकारिता पुरस्कार प्रदान

केन्द्रभाग मिडिया

पाेखरा ।

पत्रकार एकराज गिरी सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कारबाटबाट सम्मानित भएका छन् । विगत दुई दसकदेखि क्रियाशील पत्रकार गिरीलाई पाेखरा यातायात प्रालिले आफ्नाे ७ औं वार्षिक साधारणसभाकाे अबसरमा  साे पुरस्कारबाट सम्मान गरेकाे हाे ।

उनलाई नगद २५ हजार रूपैयाँ, सम्मान पत्र र दाेसल्लासहित उनलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महसंघ गण्डकी संयाेजक केदार पाैडेल, पाेखरा यातायात प्रालिका अध्यक्ष देउबहादुर गुरूङ र पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले सम्मान गरेका हुन् ।

सम्मान पछि बाेल्दै पत्रकार गिरीले आफूलाई सम्मानले थप क्रियशील रहन प्रेरणा मिलेकाे बताए । गाेरखापत्र दैनिक, पाेखरा एफएम र रेडियो सारंगीसहित विभिन्न सञ्चार माध्यममा काम गरेका गिरी हाल सफल न्युज डटकमका प्रधान सम्पादक हुन् ।

  • १९ भाद्र २०८२, बिहीबार ११:३५ प्रकाशित