काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिवरास्वपा नेता वदन भण्डारी माथि रड प्रहारभण्डारीमाथि गएराति कपनको प्रगति चोकमा आक्रमण भएको छ। मोटरसाइकलमा आएका तीन जना व्यक्तिले उनीमाथि रड प्रहार गरी घाइते बनाएका हुन् ।
नम्बर प्लेट छोपेर आएका तीन जना व्यक्तिमध्ये दुई जनाले रड प्रहार गरेको भण्डारीले बताए । रड प्रहारबाट आफ्नो टाउकोमा करिब दस टाँका लगाउनु परेको भण्डारीले जानकारी दिए ।
उनको गाडी पनि तोडफोड गरिएको छ। केही समयअघि नारी टिभीमा दिएको एक अन्तरवार्तालाई लिएर आफूलाई निरन्तर धम्की आइरहेको र केही दिनअघि आफ्नो कार्यालयमा समेत आएर आफ्नो बारेमा सोधपुछ गरिएको उनले बताए ।















