बेइजिङ ।
चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै छन् । जसका लागि ओली नेपालतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली गत शनिबार चीन भ्रममा गएका थिए ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ,उपराष्ट्रपति हान चङ्ग,रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग भेटवार्ता गरेका थिए ।
एससिओ शिखर सम्मेलनका दौरान ओलीले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता समेत गरेका थिए ।
भेटवार्तामा नेपाल र ती मुलुकबिचमा द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल भएको बताइएको छ ।
शाङ्घाई सहयोग सङ्गठन ९एससीओ० को शिखर सम्मेलनमा भाग लिन उनी चीन प्रस्थान गरेका थिए ।















