मालपोत कार्यालय काभ्रेका मुद्दा फाँटका नासु घुससहित पक्राउ

केन्द्रभाग मिडिया

symbolic picture

काभ्रेपलाञ्चोक ।

मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

बुधबार बिहान अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

भण्डारीलाई २ लाख रुपैयाँ नगद घुससहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलले टोली मालपोत कार्यालय काभ्रेमा पुगेको र थप जानकारी टोली आयोग आएपछि मात्र जानकारी हुने बताए ।

भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

  • १८ भाद्र २०८२, बुधबार १४:१३ प्रकाशित