धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा छ ।

हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा थियो । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो । विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा स्थिर थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा छ । हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८९ रुपैयाँ १३ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९६ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७१ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ०८ र बिक्रीदर ४६२ रुपैयाँ ०४ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८३ र बिक्रीदर ४६२ रुपैयाँ ७९पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९७ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा थियो ।

  • १८ भाद्र २०८२, बुधबार ०७:२० प्रकाशित