काठमाडौं।
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक रोकेर सचिवालय बैठक बोलाएको छ ।
बैठक अगामी बिहीबार (भदौ १९) दिउँसो ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
यसअघि भदौ १३ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।गौतमले भदौ २० देखि सुरु हुने दोस्रो विधान महाधिवेशनमा पेस हुने दस्ताबेजहरू सचिवालय बैठकमा छलफल गरेर अघि बढाइने बताए ।
विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्दै छन् ।














