सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभामा पेस

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रियसभा बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस भएको छ ।

समिति सभापति तुलसाकुमारी दाहालले सभामा समितिको प्रतिवेदनसहित विधेयक पेस गरेकी हुन् ।विधेयक आजै पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारी छ । प्रतिनिधिसभाको असार १५ गतेको बैठकले विधेयक पारित गरेर राष्ट्रियसभामा पठाएको थियो ।

राष्ट्रियसभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिले दफावार छलफल गरी सर्वसम्मतिबाट पारित गरेर सभामा पेस गरिएको हो ।

  • १७ भाद्र २०८२, मंगलवार १६:३९ प्रकाशित