काठमाडौं।
नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १९.८९ अङ्कले ओरालो लागेको छ । साताको तेस्रो दिन बजार परिसूचक घटेर २७४१.९७ विन्दुमा झरेको हो । यस दिनको कारोबारमा कुल ४ अर्ब ४३ करोड ८२ लाख बराबरको सेयर किनबेच भयो ।
बजारमा आज घट्ने कम्पनीहरूको बाहुल्यता रह्यो । आज कारोबार भएकामध्ये कुल २९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २२१ कम्पनीको मूल्यमा भने गिरावट आएको छ ।















