काठमाडौं।
निर्वाचन आयोगले मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सभा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न निवेदन माग गरेको छ । आयोगले मंगलबार सूचना प्रकाशित गर्दै पर्यवेक्षण गर्न चाहने सङ्घ संस्थाहरूसँग निवेदन माग गरेको हो ।
आयोगले उपनिर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाले १५ दिनभित्र अनुमतिका लागि आयोगमा आवश्यक कागजातसहित निवेदन दिन भनेको छ ।
साथै आयोगले पर्यवेक्षणका लागि निवेदन दिँदा काठमाडौँ उपत्यकाका हकमा निर्वाचन आयोग र अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।
रुपन्देही ३ र मनाङ १ ९२० मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।















