लगातार बढ्यो सुनको भाउ, आज पनि रेकर्ड ब्रेक

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुनको मूल्य लगातार बढिरहेको छ । सुनको मूल्य आज पनि प्रतितोला ६ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च बनेको हो ।

सुनको मूल्य आज तोलाको दुईलाख पाँच हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबारदेखि सुनले लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड बनाइरहेको छ ।

शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको थियो भने आइतबार तीन हजार र सोमबार तोलामा एक हजार सातसय रुपैयाँ बढेको थियो ।

आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ । तोलामा १५ रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार चारसय ७० रुपैयाँ पुगेको छ ।

  • १७ भाद्र २०८२, मंगलवार १२:१० प्रकाशित