अमेरिकी डलर चार दिन देखि उच्च मूल्यमा स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।

आज मंलबार पनि अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ । त्यसैगरि बहराइन दिनारको मूल्य पनि आज स्थिर छ ।

तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केहि विदेशी मुद्राको मूल्य भने आज पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुवेती दिनारको मूल्य भने आज घटेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा छ । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो। विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा स्थिर छ ।

त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा छ। हिजो युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७१ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ५० पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८३ र बिक्रीदर ४६२ रुपैयाँ ७९पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ९५ र बिक्रीदर ४६२ रुपैयाँ ९१ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा छ। हिजो र अस्ती पनि बहराइन दिनारको विनिमयदर यही थियो।

  • १७ भाद्र २०८२, मंगलवार ०७:२६ प्रकाशित