रास्वपा उम्मेदवार थापाले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–३ का लागि चयन भएको उम्मेदवार डा.लेखजंग थापाले आज गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ ।

आइतबार उम्मेदवारमा चुनिएका थापाले आज दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया गर्न लागिएको सूचना प्रवक्ता मनिष झाले सञ्चार माध्यममा प्रवाह गरेका थिए । विशेष कारणवश पत्रकारसँग भेटघाट कार्यक्रम अर्को समयको लागि सारिएको झाले जानकारी गराएका छन् ।

  • १६ भाद्र २०८२, सोमबार १३:१३ प्रकाशित