काठमाडौं ।
पेट्रोलियम पदार्थको भाउ घटेको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको भाउ घटेको जानकारी दिएको हो ।
मध्यरातबाट लागू हुने गरी डिजेलरमट्टीतेलमा प्रति लिटर चार रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर एक रूपैयाँ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ ।
पेट्रोल घटेर आएको भएपनि बिक्री मूल्य यथावत राखिएको छ । त्यस्तै एलपी ग्यासको बिक्री मूल्य पनि यथावत राखिएको निगमले जनाएको छ ।















