रुकुम पश्चिममा पहिरोले पुरिएर एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

रुकुम पश्चिम ।

रुकुम जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको ज्यान गएको छ ।

आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै ज्यान गएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए ।

उनीसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् । हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला पारेको वडाध्यक्ष चन्दले बताए । उनका अनुसार मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो ।

  • १५ भाद्र २०८२, आईतवार १६:४८ प्रकाशित