राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भदौं १७ गतेका लागि आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भदौ १७ गते मंगलबारका लागि बोलाइएको छ । नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले मंगलबार २ बजेका लागि बैठक बोलाएकी हुन् ।

उनी सभापति भएपछि समिति बैठक पहिलो पटक बस्न लागेको हो । उनी भदौ ११ गते सभापतिमा निर्वाचित भएकी थिइन् ।न्यौपानेले मंगलबारका लागि बैठक आह्वान गरेको र त्यसमा हालसम्मका कामकारबाहीको समीक्षा हुने जानकारी दिइन् ।

‘मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा समितिका हालसम्मका कामको समीक्षा गर्ने र निवर्तमान सभापति रामहरि खतिवडालाई धन्यवाद दिने कार्यसूची छ,’ सभापति न्यौपानेले भनिन् ।

समितिमा नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक विचाराधीन छन् ।

समितिमा रहेका ७२ भन्दा धेरै उजुरीमाथि बैठक बस्न नसक्दा छलफल हुन सकेको छैन ।

  • १५ भाद्र २०८२, आईतवार १६:४३ प्रकाशित