दुध उत्पादक किसानले आज डीडीसी कार्यालयमा धर्ना दिने

केन्द्रभाग मिडिया

काठमाडौं।

दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ९डीडीसी०को कार्यालयमा धर्ना दिने भएका छन् ।

अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा भेषराज अधिकारीका अनुसार आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने तयारी छ ।

दुधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएपछि किसानहरू आन्दोलनमा उत्रिने भएका हुन् । धर्ना कार्यक्रम करिब एक घण्टा चल्ने बताइएको छ ।

  • १५ भाद्र २०८२, आईतवार ११:०८ प्रकाशित