फेरि बढ्यो सुनको मूल्य

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार एकैपटक ३ हजार रुपैयाँ बढेर छापावाल सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • १५ भाद्र २०८२, आईतवार ११:०५ प्रकाशित