काठमाडौं ।
संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज रुपन्देही-३ मा हुने उपनिर्वाचनको आफ्नो उम्मेदवार घोषणा गर्ने भएको छ ।
आज पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने र त्यसपछि उम्मेदवार घोषणा गरिने रास्वपा प्रवक्ता मनिस झाले जानकारी दिए ।
उनका अनुसार आजको सचिवालय बैठकमा रुपन्देही-३ का लागि उम्मेदवार छनोटका साथै प्रवास विशेष अभियान सञ्चालन र विविध विषयमा छलफल हुनेछ ।
बैठकपछि रुपन्देही-३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणाका साथै पार्टी प्रवेशको कार्यक्रम पनि रहेको प्रवक्ता झाले जानकारी दिएका छन्।
प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी १७ कात्तिकमा रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा उपनिर्वाचन हुँदै छ ।
२०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का तर्फबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।
त्यसमा राजनीतिक दलहरूले धमाधम आफ्ना उम्मेदवार चयन गरिरहेका छन् ।













