पोखरा ।
पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार आधारभूत तहमा (६ -८ ) अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई ‘किशोरावस्थामा प्रवेश गरेका बालबालिकामा सामाजिक- संवेगात्मक विकास’ का सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।
भाव काठमाडौंका को – फाउण्डर तथा मनोवैज्ञानिक द्वोय प्रशान्त श्रेष्ठ र चाँदनी घिमिरेले अभिभावकहरूलाई सामाजिक भावनात्मक आवश्यकताका विभिन्न पक्षहरू स्वतन्त्रता , भावनात्मक सुरक्षा र मान्यता , प्रोत्साहन र स्वतन्त्रता तर मार्गदर्शन सहितको विभिन्न पक्षमा प्रशिक्षित गराएका थिए ।
यस उमेरका विद्यार्थीमा आउने हरेक किसिमको भावनाको मापन गरेर उनीहरूलाई सोहीअनुसारको सकारात्मक सोँचका साथ अभिभावक नमूना बनेर प्रस्तुत हुनुपर्ने कुरामा समेत जोड थियो ।
भौतिक सुख सुविधामा रमाउन चाहने आजकलका केटाकेटीहरूले आफ्ना अभिभावकप्रतिको जिम्मेवारीको बोध गर्नुपर्ने कुरामा संस्थापक अध्यक्ष अशोक पालिखेले जोड दिए । त्यस्तै अभिभावक राजकुमार कार्कीले यस्ता कार्यक्रमले आफ्ना छोराछोरीको मनोविज्ञान बुझ्न सहज बनाउने कुरा व्यक्त गरे ।
सहजकर्ता र अभिभावकहरूबिच विभिन्न विषयमा अन्तरक्रिया समेत भएको थियो । दोस्रो सत्रमा आधारभूत र माध्यमिक तहका शिक्षकहरूलाई समेत एजुकेटर्स गाइड विषयका विभिन्न पक्षहरूमा सहजिकरण गरिएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।














