सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध

केन्द्रभाग मिडिया

काठमाडौं ।

पृथ्वी राजमार्ग सुक्खा पहिरो खसेका कारण अबरुद्ध भएको छ ।

राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ ।

  • १४ भाद्र २०८२, शनिबार ०९:३२ प्रकाशित