विषादी मिसिएका खाद्य पदार्थ नियमन गर्न माग

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक महेश बर्तौलाले बजारमा बिक्रीका लागी राखिएका विभिन्न प्रकारका खाद्यवस्तुहरूमा अत्यधिक मात्रामा विषादी र रासायनिक पदार्थको प्रयोग भइरहेकाले त्यसको नियमन गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बर्तौलाले त्यस्ता खाद्य पदार्थका कारण जनस्वास्थ्यमा भयानक असर गरिरहेपनि सरकारले त्यसतर्फ चासो नदेखाएको बताए ।

‘खाद्य वस्तुहरूमा बढ्दो विषादी र रासायनिक पदार्थको प्रयोगले नसर्ने प्रकृतिका प्राणघातक रोगहरू मुटुसम्बन्धी रोग, क्यान्सर, किड्नी समस्या, मानसिक रोग तथा प्रजनन स्वास्थ्य सम्बन्धी रोगहरू दिनप्रतिदिन वृद्धि भइरहेको छ’, उनले भने, ‘यस्तो गम्भीर र जनस्वास्थ्य सँग सम्बन्धित विषयमा सरकारको तर्फबाट प्रभावकारी नियमन, नियन्त्रण तथा दोषीहरू प्रति कारबाहीको लागि नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

  • १३ भाद्र २०८२, शुक्रबार १६:५९ प्रकाशित